+
+

सेयर बजार ४१ अंकले बढ्यो 

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १५:२१

१५ असार, काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ । दोहोरो अंकले बढेर नप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ ।

बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो । कारोबारमा आएका सबै उपसमूह बढेको छ ।

बुधबारको दोस्रो बजारमा धेरै कमाउने तीन कम्पनीमा क्रमशः आँधीखोला लघुवित्त, सीवाईसी लघुवित्त र बरुण हाइड्रोपावर कम्पनी रह्यो । यस्तै धेरै गुमाउनेहरुमा मैलुङखोला जलविद्युत्, नेपाल इन्भेष्टमेन्ट बैंक डिभेन्चर २०८४ र नबिल ब्यालेन्स फन्ड रह्यो ।

बुधबार कारोबारमा आएका २२८ कम्पनी मध्ये ९ कम्पनीको सेयर मूल्य बढेको थियो भने ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?