+
+

अर्थमन्त्रीसँग गभर्नरले भने : अर्थतन्त्रको अवस्था मूल्यांकन गरी मौद्रिक नीति आउँछ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १९:४७

१५ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासमक्ष नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिबारे ब्रिफिङ गरेका छन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री र मन्त्रालयको टिमले बजेटले लिएका लक्ष्य प्राप्त गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा राखेका थिए । जवाफमा गभर्नर अधिकारीले अर्थतन्त्रको अहिलेको अवस्था मूल्यांकन गरी मौद्रिक नीति आउने बताएका छन् ।

अर्थमन्त्री शर्मासहित मन्त्रालयका सचिवहरुले मुद्रास्फीति, आर्थिक वृद्धि, लगायतमा बजेटले लिएका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति ल्याउनु पर्ने बताएका थिए ।

अर्थमन्त्रालयको चासो सेयर बजारको खस्किंदो प्रवृत्तिमा समेत रहेको थियो । बुधबार गभर्नर अधिकारी र अर्थ मन्त्रालयको टिमबीच झण्डै एक घण्टा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?