+
+

राप्रपाको केन्द्रीय समिति बैठक साउन ५ र ६ गते बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते ८:४२
राजेन्द्र लिङ्देन, अध्यक्ष, राप्रपा ।

१७ असार, काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी, उमेदवार छनौटको मापदण्ड, संगठन सुदृढीकरण लगायतका एजेण्डामा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यसअघि असारको पहिलो साता बस्ने भनिएको केन्द्रीय समितिको बैठक विशेष कारण भन्दै स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?