+
+

सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते ११:५०

काठमाडौं । सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ गते रिलिज हुने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो ।

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अस्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको फिल्म हो ।

‘ऐना झ्यालको पुतली’ बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशी रहेको ‘न्यु करेन्ट सेक्सन’मा छानिने पहिलो नेपाली फिल्म समेत हो । फिल्मबाट सुजित बिडारीले ढाका फिल्म महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए ।

लेखक तथा निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए, जुन १४ मिनेट अवधिको लघु फिल्म थियो ।

फिल्मले नेपालको पहाडी जिल्लाको एक गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ ।

फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । सिरु बिष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन् ।

आइसफल प्रोडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रवीण स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठले मिलेर बनाएका हुन् । फिल्ममा  अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन र पुष्पासंगमको संगीत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?