+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

निर्माणाधीन कमला पुल भाँचिएको एक वर्षदेखि जस्ताको तस्तै, स्थानीयबासी समस्यामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १९:२९

१७ असार, जनकपुरधाम । मधेशको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन कमला नदीको पुल  भाँचिएको एक वर्ष पूरा भइसक्दा पनि काम सुरु   भएको छैन ।

हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि यहाँका स्थानीयहरु कम समयमा पुग्‍नु पर्ने ठाउँमा पनि धेरै समय लगाएर जानु पर्ने बाध्‍यता रहेको बताएका छन् ।

यहीं पुलका कारण नजिकको बाटो पनि पूर्वपश्चिम राजमार्ग भएर आवतजावत गर्नुपर्दा अत्यधिक समय लाग्ने गरेको राजविराजका स्थानीय अरुण यादव बताउँछन् ।

‘हुलाकी सडक भएर राजविराजबाट जनकपुरधाम जाँदा डेढ् घण्टामा पुग्न सकिन्छ’ उनी भन्छन्, ‘तर पूर्व पश्चिम राजमार्ग भएर आवतजावत गर्दा ३ घण्टा बढी समय लागिरहेको अवस्था छ ।’

१७ असार २०७८ मा निर्माणको अन्तिम चरणमा कमला नदीको पुलको एउटा स्पाम धसेको थियो । २०६८ सालमा ७० मिटर लम्बाई र ११ मिटर चौडाई कमला नदीको पुल बनाउने ठेक्का पप्पु कन्सट्रक्सनले पाएको थियो । रु २४ करोड ९१ लखमा पुल निर्माणको ठेक्का लिएको यो निर्माण कम्पनी समयमा काम नगर्दा १ असोज २०७६ मा सम्झौता रद्द गरी लुम्बिनी विल्डर्स कन्सट्रक्सनलाई जिम्मेवारी दिइएको थियो । यो निर्माण कम्पनीले अन्तिम काम गरिरहेको अवस्थामा गत बर्षको सामान्य वर्षामै पुल भासिएको थियो ।

लुम्बनी बिल्डर्स कम्पनीका इन्जिनियर सुर्यप्रकाश शर्माले २०७८ असारको पहिलो साता पुल निर्माणको ९९ प्रतिशत काम पुरा भइसकेको र अब फिनिसिङ गर्न मात्र बाँकी रहेको बताएपछि तत्कालीन संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्री उमाशंकर अरगरियाले माला लगाएर धन्यवाद दिएका थिए ।

यो धन्यवाद दिएको दुई सातापछि पुल भासिएको थियो । हुलाकी राजमार्ग अन्तर्गत सप्तरी र सिरहाको अधिकांश सडकमा कालोपत्र समेत भइसकेको छ । यो पुल नभासिएको भए आवतजावत गर्न एकदमै सजिलो हुने विश्वास यस क्षेत्रका बासिन्दाको थियो ।

डिजाइन बनाउने काम भइरहेको छ

हुलाकी सडक आयोजना जनकपुरधामका साइट इन्जिनियर जयनाथ यादव ठेक्का लिएको कम्पनीले नै भत्किएको ठाउँमा काम गर्ने बताउँछन् । निर्माण कम्पनी लुम्बिनी विल्डर्स कन्सट्रक्सनले भत्किएको ठाउँमा काम गर्न डिजाइन बनाइरहेको जानकारीमा आएको उनी बताउँछन् ।

‘चाँडै डिजाइन निर्माण गरी काम शुरु गर्ने जानकारी निर्माण कम्पनीले गराएको छ’ उनले भने, ‘चाँडै काम सम्पन्न हुने विश्वास गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?