+
+

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १८ गते ८:२८

१८ असार, काठमाडौं । पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीय स्थलका पर्यटन प्रवर्धन गर्नका लागि फोटो प्रतियोगिता हुने भएको छ ।

कोभिड महामारीले तहस नहस पारेको पर्यटनलाई पुनर्स्थापित गर्नका लागि फोटोको माध्यमबाट देशै भरीका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरेको संयोजक देवेन्द्रबहादुर शाहीले बताए ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा अठोट नेपालले आयोजना गरेको प्रतियोगितामा सातै प्रदेशका फोटोग्रफरलाई प्रोत्साहन गर्न र उनीहरूको क्षमतालाई उजागर गरिने संयोजक शाहीको भनाइ छ ।

प्रतियोगिमा चार वटा विधामा प्रतिस्पर्धा गर्न सकिनेछ ।जसमध्ये नेचर , कल्चर, लाइफस्टाइल, र वाइल्डलाइफ रहेको छ । प्रत्येक विधामा ५०/५० हजार नगद पुरस्कार को घोषण गरिएको छ छ । साथै चारमध्ये एक उत्कृष्टलाई से-फोक्सुन्डोको फोटोग्राफी टुर प्याकेजसमेत रहेको छ ।

प्रतियोगितामा प्रत्यक प्रदेश बाट ७/७ फोटो छनोट गरी जम्मा ४९ र बाँकी चार विधाबाट ४ गरेर जम्मा ५३ फोटोहरूलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सात प्रदेशमा तस्वीरहरु प्रदर्शन गरिने संयोजक शाहीले बताए ।

प्रतियोगितामा सामेल हुन र प्रतियोगिताको जानकारी www.presentingnepal.com बाट लिन सकिने छ ।

यो प्रतियोगितामा भदौ ३ गते अर्थात (वर्ल्ड फोटोग्राफि डे ) को दिन एक कार्यक्रमका बीच उत्कृष्ट घोषण गरिनेछ ।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ट फोटोग्राफर जगदिश तिवारी र भरत बन्धु थापा रहेका छन् भने अन्य निर्णायक पनि थप गरिने संयोजक शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?