+
+

प्रदेश १ को बजेट पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १५:०१

१९ असार, विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको शनिबार मुख्यमन्त्री राजेन्द्र राईसहित १२ जना मन्त्रीले जवाफ दिएका थिए । आइतबारको बैठकमा नेकपा एमालेले विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव दर्ता गरेको थियो । एमालेले दर्ता गरेको प्रस्ताव भने अस्वीकृत भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले एमालेले दर्ता गरेको प्रस्ताव अस्वीकृत भएको घोषण गर्दै बजेट बहुमतले पारित भएको घोषणा गरे । बजेट पारित भएको घोषणा गर्दै उनले बजेट अधिवेशनको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?