+
+

जसपाले फिर्ता बोलायो ३ मन्त्री, नयाँ मन्त्री पनि सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते ८:४७
नयाँ मन्त्रीको रुपमा सिफारिसमा परेकाहरु माथिल्लो लहरमा (वायाँबाट)– मोहम्मद इस्तियाक राइ, प्रदीप यादव र मृगेन्द्र सिंह । सरकारबाट फिर्ता बोलाइएकाहरु तल्लो लहरमा– महिन्द्रराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादव

२० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसकेको छ । नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको जसपा स्रोतले बतायो । ‘नयाँ मन्त्रीहरुको सपथ आज वा भोलि हुन्छ,’ स्रोतले भन्यो ।

मन्त्रीहरु हेरफेर गर्नुअघि अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेताहरुले नेताहरुसँग छलफल गरेका थिए । पार्टी केन्द्रीय सदस्य र सांसदहरुसँग छुट्टाछुट्टै छलफल गरेपछि दुई नेता बसेर मन्त्रीहरुको सूची बनाएको र साँझ अबेर अध्यक्ष यादवले बालुवाटार पुगेर बुझाएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?