+
+

बन्ध्याकरण गर्न अमेरिकी पुरुषहरु किन गर्दैछन् होडबाजी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १५:५६

२० असार, काठमाडौं। अमेरिकामा पछिल्लो समय स्थायी बन्ध्याकरण गराउन चाहने पुरुषहरुको संख्यामा तीव्र वृद्धि भएको छ । बन्ध्याकरण गर्नका लागि पुरुषहरुमा चलिरहेको पछिल्लो होडबाजीको खास कारण छ । त्यो भनेको अमेरिकी सर्वोच्च अदालतले गरेको पछिल्लो फैसला ।

समाचार अनुसार सर्वोच्च अदालतले गर्भपतन सम्बन्धी कानून उल्टाएसँगै धेरै भन्दा धेरै अमेरिकी पुरुषहरु स्थायी बन्ध्याकरण गर्न इच्छुक भएका छन् । यस्ता पुरुषको संख्या दैनिक रुपमा बढिरहेको छ । यसका लागि क्लिनिक तथा अन्य सम्बन्धित ठाउँहरुबाट जानकारी लिने दम्पत्तिहरु बढीरहेका छन् ।

ओहायोस्थित क्लिभल्याण्ड क्लिनिकले पुरुष स्थायी बन्ध्याकरणका लागि क्लिनिकमा प्राप्त हुने अनुरोधको संख्यामा तीव्र वृद्धि भएको जनाएको छ ।

क्लिभल्याण्ड क्लिनिकका प्रवक्ताका अनुसार यसअघि उनको क्लिनिकमा स्थायी बन्ध्याकरणका लागि दैनिक ४ जना पुरुषको अनुरोध आउने गरेकोमा पछिल्लो शुुक्रबार देखि बुधबार सम्म यस्ता ९० वटा अनुरोध प्राप्त भएका छन् ।

ओहायोस्थित युनिभर्सिटी हस्पिटल अफ क्लिभल्याण्डका अनुसार गर्भपतन सम्बन्धी सर्वोच्च अदालतको फैसलापछि बन्ध्याकरणका विषयमा धेरै भन्दा धेरै पुरुषहरु जानकारी लिन जुटेका छन् ।

फ्लोरिडास्थित नर्थ मियामीका एक युरोलोजिस्ट डाक्टर डेभिड रोबिन्सका अनुसार बन्ध्याकरणका विषयमा पछिल्लो समयमा उनलाई फोन गर्नेहरुको संख्या निक्कै बढेको छ ।

कन्सास सिटीका युरोलोजिस्ट डाक्टर क्रिस्चियन हेटिंगरको क्लिनिकमा पनि बन्ध्याकरणका बारेमा जानकारी लिन चाहनेहरुको फोनकलको बाढी आइरहेको छ । उनका अनुसार शुक्रबार पछि बन्ध्याकरण गर्न चाहने मानिसहरुको संख्यामा ९ सय प्रतिशतले वृद्धि भएको छ ।

स्मरण रहोस् ओहायो, टेक्सास, फ्लोरिडा तथा मिसौरी त्यस्ता राज्य हुन् जहाँ गर्भपतनका विषयमा कडा कानून छ ।

ऋमेरिकाको सर्वोच्च अदालतले हालै एक फैसला गर्दै १५ हप्तापछिको गर्भपतन गर्न नपाइने निर्णय गरेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?