+
+

अक्षय भन्छन्- राजनीतिमा आउने सोच छैन, फिल्मबाटै समाजमा योगदान दिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते ११:३१
फाइल तस्वीर

काठमाडौं । बलिउड स्टार अक्षय कुमार आफ्नो अभिनयका कारण अक्सर चर्चामा छन् । साथै उनको फिटनेस र व्यवस्थित जीवनशैलीले पनि धेरैलाई लोभ्याउँछ ।

अक्षयका एकपछि अर्को फिल्म रिलिज भइरहेका छन् । तीमध्ये बक्स अफिसमा कुनै सफल त कुनै असफल पनि भइरहेका छन् ।

अक्षय राजनीतिमा आवद्ध हुने चर्चा पनि बेलाबेलामा चल्ने गर्छ । कुनै एक राजनीतिक दलमा आवद्ध हुन लागेको विषयले एक समय अक्षयलाई पछ्याएको थियो । तर राजनीतिमा लाग्ने आफ्नो कुनै योजना नरहेको उनले बताउने गरेका छन् । हालै बेलायतको लण्डनमा ‘हिन्दुस्तान र बलिउड’ पुस्तक विमोचन कार्यक्रममा अक्षयले फिल्मकै तर्फबाट आफूले समाजका लागि काम गर्ने कोशिश गर्ने बताए ।

‘म फिल्म बनाएर धेरै खुसी छु । एक अभिनेता हुनुको कारण फिल्ममा सामाजिक विषयवस्तु उठाएर चेतना जगाउने हरसम्भव कोशिश गरिरहन्छु । मैले १५० भन्दा बढी फिल्ममा काम गरिसकेको छु, तीमध्ये मेरो हृदयको नजिक रक्षाबन्धन छ ।’

फिल्म सौदागरबाट अभिनय करिअर सुरु गरेका अक्षयको स्टारडम बलिउडमा जबर्जस्त छ । उनको नयाँ फिल्म रक्षाबन्धन आगामी अगस्ट ११ मा रिलिज हुँदैछ ।

यसअघि प्रदर्शन भएको फिल्म सम्राट पृथ्वीराज भने बक्स अफिसमा कमजोर सावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?