+
+

केन्द्रीय समिति बैठक रोकेर खुमलटारमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते ११:४८

काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जारी छ ।

संगठनको गृहकार्य गर्न र केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेबारे बैठकमा छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

बिहान ८ बजेदेखि चलिरहेको बैठकमा पूर्व स्थायी र प्रदेश इन्चार्ज सहभागी छन्। पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो लगायतको विषय टुंग्याउन समय लाग्ने भएपछि आज बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित गरिएको छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?