+
+

सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १२:१५
फाइल तस्वीर

२१ असार, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य ९७ हजार ६ सय र तेजावी सुनको मूल्य ९७ हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५ रुपैयाँ तोकिएको छ । यो साता आइतबार र सोमबार लगातार सुन र  चाँदीको मूल्य स्थिर रह्यो । सुनको मूल्य तोलामा ९७ हजार ५ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?