+
+

मोबाइल फोन आविष्कार गर्ने मार्टिन कूपर दिनमा कति घण्टा मोबाइल चलाउँछन् ?

अन्तरवार्ताका क्रममा अन्तर्वार्ताकार जेन म्याककुबिनले आफूले दिनमा पाँच घण्टा स्मार्टफोन चलाउने बताए । जेनले त्यस्तो भन्दा कूपर तीनछक परे । उनले जेनलाई जीवन प्राप्त गर भन्ने कामना गरे र फेरि हाँस्न थाले ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १३:११

आजको समयमा हामीमध्ये सायदै यस्तो कोही व्यक्ति होला जो स्मार्टफोन बिना आफ्नो घरबाट बाहिर निस्कियोस् ।

हरेक काम तथा मनोरञ्जनका लागि हामी आफ्नो मोबाइल फोनमा निर्भर रहन्छौँ । तर मोबाइल फोनको आविष्कार गर्ने व्यक्तिले दिनमा कतिबेर मोबाइल चलाउँछन् होला, तपाईंलाई थाहा छ ?

मोबाइल फोनको आविष्कारक मार्टिन कूपर हुन् । हालै एक अन्तरवार्ताका क्रममा उनले हरेक दिन कति समय स्मार्टफोन चलाउँछन् भन्ने कुराको खुलासा गरेका छन् ।

मार्टिन कूपरले सन् १९७३ मा मोबाइल फोनको आविष्कार गरेका थिए । कूपर हाल ९३ वर्षका छन् ।

हालै BBC Breakfast कार्यक्रममा उनले एक अन्तरवार्ता दिए । उक्त कार्यक्रममा बोल्दै उनले आफूले हरेक २४ घण्टामा पाँच प्रतिशतभन्दा पनि कम समय स्मार्टफोनमा बिताउने खुलासा गरेका छन् ।

अन्तरवार्ताका क्रममा अन्तर्वार्ताकार जेन म्याककुबिनले आफूले दिनमा पाँच घण्टा स्मार्टफोन चलाउने बताए । जेनले त्यस्तो भन्दा कूपर तीनछक परे । उनले जेनलाई जीवन प्राप्त गर भन्ने कामना गरे र फेरि हाँस्न थाले ।

मार्टिन कूपरले आफूले २४ घण्टामा ५ प्रतिशतभन्दा पनि कम समय स्मार्टफोन चलाउने गरेको भन्दै स्मार्टफोनको प्रयोग कम भन्दा कम गर्नुपर्ने सल्लाह दिएका छन् । साथै उनले भर्चुअल जिन्दगीलाई छाडेर वास्तविक जिवनमा जिउनुपर्ने उल्लेख बताएका छन् ।

स्मरण रहोस् मार्टिन कूपरले सन् १९७३ को अप्रिल ३ मा विश्वकै पहिलो मोबाइल फोनको आविष्कार गरेका थिए । उक्त मोबाइल फोन बनाउनका लागि उनलाई केवल तीन महिनाको समय लागेको थियो ।

उनले मोटोरोला कम्पनीका कर्मचारीहरुसँग मिलेर उक्त मोबाइल फोन बनाएका थिए । पहिलोपटक मोबाइल फोन निर्माणका लागि मोटोरोला कम्पनीले १० करोड डलर लगानी गरेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?