 
																			काठमाडौं । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल आजियाटा लिमिटेडले कोटेश्वरदेखि कलंकी सडक खण्डमा निर्माण गरेको ‘ग्रीन बेल्ट’ को मंगलबार उद्घाटन गरिएको छ । एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा मंगलबार उक्त ग्रीन बेल्ट उद्घाटन गरेका छन् । एनसेलले कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङसहित हरियाली निर्माणको सकाएर हाल यस क्षेत्रको संरक्षणको काम गरिहेको छ ।
एनसेलले ल्यान्डस्केपिङ सहित हरियाली निर्माण र संरक्षण बाहेक कोटेश्वरदेखि कलंकी सडक खण्डमा वृक्षारोणमा पनि योगदान पुर्याएको छ । एनसेलले सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्न छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले दीगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरणसम्बन्धी लक्ष्य र एनसेलको नेट जिरो कार्बनको आकांक्षा अनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा खुसी लागेको बताए । यो परियोजना सार्वजनिक—निजी साझेदारीको उत्कृष्ट उदाहरण भएको उनको भनाइ थियो ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीले यस क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने प्रतिबद्धता जाहेर गरे । केही प्रतिस्थापन गरेर शत प्रतिशत बोटबिरुवा जीवित राख्न सक्नु ठूलो उपलब्धि भएको उनको भनाइ थियो । रिङरोडको ग्रीनबेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवर्द्धन र सौन्दर्यीकरणमा निजी र सार्वजनिक सहकार्यको उत्तम उदाहरण प्रस्तुत गरेकोमा उनले एनसेललाई धन्यवाद दिए ।
ललितपुर महानगरपालिकाका मेयर महर्जनले भने, ‘हामीले सम्पन्न गरेका सुन्दर परियोजनामध्ये यो एउटा हो । त्यसैले म ललितपुर महानगरको तर्फबाट एनसेललाई धन्यवाद दिन चाहन्छु ।’
ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने भिजन अन्तर्गत चारवटा रुटमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्य सम्पन्न गरी शहरमा १४०० वटा बत्ती जडान गर्ने काम भइरहेको भन्दै उनले अर्को चरण भनेको ललितपुरभित्र पर्ने रिङरोडको ७.९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्नु रहेको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4