+
+

सामूहिक बलात्कारपछि बालिकाले आत्महत्या गरेको भन्दै कारबाहीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते २०:५७
फाइल तस्वीर ।

२१ असार, जनकपुरधाम । सिरहामा सामूहिक बलात्कारमा परेकी बालिका आत्महत्या गर्न बाध्य भएको भन्दै परिवाजनले अनुसन्धानको माग गरेका छन् ।

मिर्चेया नगरपालिका-१ की १४ वर्षीया बालिकालाई गाउँकै दुई युवकले बलात्कार गरेपछि बालिकाले झुण्डिएर आत्महत्या गरेको परिवारजनको आरोप छ । बालिका आफ्नै मंगलबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

बालिका झुण्डिएको अवस्थामा फेला परेपछि आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै स्थानीयबासिन्दाले पूर्व पश्चिम राजमार्ग बन्द गरी प्रदर्शन गरेका छन् । प्रहरीले आरोपितलाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेपछि राजमार्ग खोलिएको थियो ।

बालिकाका दाजु जगनारायण सदाका अनुसार घरमा कोही नभएको अवस्थामा गाउँका दुई युवकले सोमबार दिउँसो जबर्जस्ती करणी गरेका थिए । घट्नाबारे सोमबारै साँझ बालिकाले परिवारलाई बताएकी थिइन् । घटना सुनाएको भोलिपल्टै मंगलबार बिहान ती बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले मृत बालिकाका परिवारले आत्महत्या दुरुत्साहन शीर्षकमा उजुरी दिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बालिकाको शवलाई पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएको बताए । उनले पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धानलाई अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?