
२२ असार, काठमाडौं । प्रहरीले एक जना युट्युब सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले बेलकोटगढी-७ घर भई काठमाडौंको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामा पक्राउ गरेको हो ।
लामा ‘४ रियल टिभी’ नामक युट्युबका सञ्चालक हुन् । उनले यही च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएकोले विद्युतीय कारोबार ऐन, २०६३ कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लामालाई जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरील जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4