+
+

चन्द्रागिरिको केबलकार रोकिँदा अड्किए राष्ट्रिय सभाका अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १४:२२

२२ असार, काठमाडौं । चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर बीचमै अड्किएका छन् ।

तिमल्सिना  पारिवारिक घुमघामका लागि चन्द्रागिरि गएका थिए ।

केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले राष्ट्रियसभा अध्यक्ष तिम्सिना केबलकार चढेको तर कतिबेर केबलकार रोकियो भन्नेबारे सूचना नभएको अनलाइनखबरलाई बताए । उनले भने, ‘बुझ्नलाई प्रहरी वृत्त, थानकोटका डीएसपी डिल्ली पाण्डे सा’बलाई पठाएको छु, उहाँ पुग्नु भएको छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?