+
+

कैलालीमा ९ जना प्रशिक्षार्थी प्रहरी जवान बेहोस, दुई जना आईसीयूमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १८:४८

२२ असार, धनगढी । कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन् ।

उनीहरु मध्ये दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले नियमित तालिमको दौरानमा बुधबार धनगढीस्थित भन्सार हुँदै फाप्ला जोड्ने सडकमा दौड्ने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएको बताए ।

उनीहरुलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । अस्पतालमा समान्य उपचारपछि छ जना डिस्चार्ज भए पनि अन्य तीन जनाको उपचार जारी छ ।

उनीहरु मध्ये दुई जनालाई आईसीयू र एक जनालाई जरनल वार्डमा राखेर उपचार भइरहेको छ ।

प्रशिक्षार्थी प्रहरी जवान सरोज चौधरी र प्रशान्त रावलको आईसीयूमा राखेर उपचार भइरहेको बताउँदै जोशीले उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए ।

बुधबार नियमित तालिम अन्तरगत सुदूरपश्चिम प्रहरी मुख्यालय गण धनगढीले १० किलोमिटरको दौड गराएको थियो । सोही क्रममा उनीहरु लडेर बेहोस भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?