+
+

काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत

राज्य व्यवस्था समितिबाट विधेयक पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १७:१४

२३ असार, काठमाडौं । काठमाडौं उपत्यका (काठमाडौं ललितपुर र भक्तपुर)को सुरक्षा व्यवस्था केन्द्र मातहत नै रहने भएको छ । तर केन्द्रले प्रदेश प्रहरीको समन्वयमा काम गर्नुपर्ने छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक राज्यव्यवस्था समितिबाट पारित भएको छ । विधेयकको प्रस्ताव तयार पार्दा नै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा नेपाल प्रहरीकै मातहत रहने व्यवस्था थियो । यसमा ‘नेपाल प्रहरीले प्रदेश प्रहरीको समन्वयमा कार्य गर्नेछ’ भन्ने वाक्यांश थपेर समितिले पारित गरेको छ ।

समितिको बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीको कार्य प्रदेश प्रहरीलाई पनि जानकारी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?