+
+

पोलिट्ब्यूरोमा प्रचण्डले प्रस्ताव गरेको नाममा विवाद भएपछि माओवादी बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १५:३३

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव बनाउने प्रस्ताव गरेका थिए ।

त्यसपछि प्रचण्डले नामहरु वाचन सुरु गरे । तर के मापदण्डका आधारमा नाम प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरुले विरोध गरेका छन् ।

प्रचण्डले पढेका कतिपय नाम दोहोरिएका पनि थिए । ३/४ वटा लिस्ट बनाएको र त्यसबाट मिलाउँदा यस्तो अवस्था आएको भन्दै उनले स्थायी कमिटीले फाइनल गर्ने र सर्कुलर पठाउने बताए ।

तर हलमा नेताहरुको विरोध कायमै रहेपछि प्रचण्डले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?