+
+

प्रदेश र स्थानीय तहमा आइतबारदेखि भुक्तानी बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १९:४२
फाइल तस्वीर

२४ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र स्थानीय तहको भुक्तानी शनिबारसम्म मात्र हुने भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले शुक्रबार एक सूचना निकाल्दै वार्षिक खाताबन्दीका क्रममा प्रदेशर स्थानीय तहमा सञ्चालित प्रणालीहरु आइतबारदेखि बन्द हुने उल्लेख गरेको छ ।

महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालयहरु, प्रदेश र स्थानीय तहस्तरका कार्यालयलाई समेत पत्र लेख्दै शनिबारसमेत भुक्तानी गर्न भनेको छ ।

आर्थिक वर्षको अन्तिममा पहिले काम भएर रोकिएका बिलको भुक्तानीको चाप सरकारी कार्यालयहरुलाई अधिक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?