+
+

आगोमा पनि नपग्लिने दुनियाँकै अनौठो आइसक्रिम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १३:२६

छिमेकी मुलुक जनसंख्या र भूगोलमा जति विशाल छ विचित्रतामा पनि उत्तिकै व्यापक छ । चिनियाँ उत्पादनहरू विश्व बजारभर पुगेका छन् र निकै लोकप्रिय पनि छन् । हालै चीनले एउटा अनौठो आइसक्रिम बनाएको छ ।

यो आइसक्रिम नपग्लिने आइसक्रिम (मेल्ट प्रुुफ) हो । गर्मी तथा आगोमा राख्दासमेत यो आइसक्रिम पग्लिंदैन ।

आमरुपमा फ्रिज बाहिर निकालेको केही समयमै आइसक्रिम पग्लिन सुरु गर्दछ । तर चीनले यस्तो अजम्बरी आइसक्रिम बनाएको छ जसलाई आगोले पनि पगाल्न सक्दैन ।

आगोले पनि पगाल्न नसक्ने उक्त आइसक्रिमको नाम Hermes of Ice Cream हो । हर्मेस एक ग्रिक देवताको नाम हो जसलाई प्राचीन ग्रिक संस्कृतिमा संरक्षण देवताको रुपमा मानिन्छ ।

आगोमा पनि नपग्लिने यो आइसक्रिमको मूल्य पनि केही महँगो नै हुनेभयो स्वभाविक रुपमा । यसको मूल्य ६६ चिनिया युआन अर्थात् करिब १४ सय रुपैयाँ पर्ने बताइएको छ ।

डेलिस्टारको रिपोर्ट अनुसार यो आइसक्रिम निर्माता कम्पनीले यसमा क्याराजिनन गम मिसाएको छ जुन एक सामुदि्रक वनस्पती हो । सोही गमका कारण यो आइसक्रिमले आफ्नो आकार लिइरहन्छ ।

स्मरण रहोस् यसअघि अन्य देशले पनि नपग्लिने आइसक्रिम बनाइसकेका छन् । ग्यास्ट्रोनट नामक कम्पनीले सन् २०१६मा यस्तै नपग्लिने आइसक्रिम बनाएको थियो ।

त्यस्तै जापानले सन् २०१८ मा यस्तै आइसक्रिम बनाएको थियो । त्यसैगरी अस्ट्रेलियाले पनि आइसक्रिम स्याण्डविच बनाएको थियो जुन घण्टौँसम्म बाहिर राख्दासमेत पग्लिंदैनथ्यो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?