+
+

जब प्रदीप खड्काले जुम्लामा हलो जोते…

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १८:१२

काठमाडौं । फिल्म ‘प्रकाश’ र अभिनेता प्रदीप खड्कालाई लिएर केही किस्सा यतिबेला फिल्म बजारमा सुनिन थालिएका छन् । चरित्रको जीवन बाँच्न एकान्तकुनादेखि अनामनगरसम्म खाली खुट्टा हिंडेर आएको किस्सा होस् वा जुम्लेली भाषा सिक्न उनले गरेको मेहनत ।

यतिबेला भने, ‘प्रेमगीत’ फेम्ड अभिनेताको नयाँ चरित्र चित्रण सार्वजनिक भएको छ । उनी अभिनित पछिल्लो फिल्म प्रकाशमा प्रदीपले कर्णाली लुक्समा हलो जोत्दै गरेको देखिन्छ ।

सार्वजनिक दुई तस्वीरमा खड्का चरित्रमा पोतिएका छन् । मैलो पात्र र उक्त पात्रको मनोदशा तस्वीरमा देख्न सकिन्छ । कास्टिङ निर्देशक अनुप बरालले प्रदीपलाई सो चरित्रमा बदल्न सफल देखिएका छन् ।

प्रदीपको कर्णाली लुक्स सेटिङमा मात्र हो वा पात्रको विकाससँग पनि सम्बन्धित छ ? यो कुरा थाहा पाउन फिल्मको प्रदर्शन मिति भदौ १० गतेसम्म प्रतीक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?