+
+

प्रश्नपत्र हुबहु मिलेको विषयमा छानबिन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते २१:२४

२६ असार, काठमाडौं । बीबीए छैटौं सेमेस्टरको प्रश्नपत्र हुबहु मिलेको विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले उच्चस्तरीय समिति बनाएको छ ।

२२ असारमा एमजीटी २०३ः अर्गनाइजेशनल बिहेभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजले आन्तरिक परीक्षाका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । यस्तै एसओसी २०२: नेपलिज सोसाइटी एण्ड पोलिटिक्स विषयको प्रश्नपत्र भने अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेपछि विरोध भएको थियो ।

त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माले आइतबार विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालन तथा व्यवस्थापनमा देखिएको समस्या तथा कमजोरीको अध्ययन गर्न छानबिन समिति बनाएको जानकारी दिएका छन् ।

यस्तै उनले प्रश्नपत्र निर्माणमा मर्यादा विपरीत काम गरेको पाइएको भन्दै प्रश्नपत्र निर्माणमा संलग्न व्यक्तिहरुलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियमअनुसार कारबाही पनि गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?