+
+

बालेनसामु फिल्मकर्मीका तीन माग : मनोरञ्जन करमा छुटदेखि डिजिटल बोर्डसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १२:५५

काठमाडौं । मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयलाई लिएर काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र फिल्मकर्मीबीच मंगलबार छलफल भएको छ ।

अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयर बालेनले यसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखे ।

अहिले महानगरले निश्चित स्थानमा मात्रै डिजिटल बोर्ड स्थापना गर्न अनुमति दिएको छ । जसले गर्दा फिल्मको प्रचारप्रसारमा समस्या भएको छ । फिल्मकर्मीले यसतर्फ सहजीकरण गर्न मेयर बालेनलाई आग्रह गरेको बैठकमा सहभागी अभिनेता तथा निर्देशक निर्मल शर्माले जानकारी दिए ।

साथै, अभिनेत्री वसुन्धरा भुसालको नेतृत्वमा चलचित्र विकास बोर्डमा रहेको चलचित्रकर्मी कल्याण कोषमा रकम वृद्धि गर्न सघाउन माग गरिएको छ । अहिले कोषले स्वास्थ्य परिस्थिति हेरेर एक लाख रुपैयाँसम्म सहयोग गर्दै आएको छ ।

मनोरञ्जन करमा छुट दिन सकिए कोरोना प्रभावित उद्योगलाई राहत मिल्ने फिल्मकर्मीहरुले बताए । बालेन मेयरमा निर्वाचित भए लगत्तै २ प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका थिए ।

छलफलमा अशोक शर्मा, निर्मल शर्मा, दीपाश्री निरौला, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?