+
+
Shares

माधव नेपालले लिउलाई भने : चीनको आन्तरिक मामिलामा वाह्य हस्तक्षेपको पक्षमा छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:४३

२८ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् ।

बुधबार होटल एभरेष्टमा भएको भेटमा दुई देश र दुई पार्टीको सम्बन्ध र पारस्परिक लाभका विषयमा छलफल भएको छ । भेटमा एकीकृत समाजवादीका नेताहरुले नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन् ।

भेटपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने, ‘चीनको अन्तरिक मामिलामा बाह्य हस्तक्षेपको पक्ष छैनौं । तिब्बतको इश्यु होस् कि ताइवानको, यो सबै चीनको आन्तरिक मामिलाको हो भन्ने हामीले राखेका छौं ।’

आफूहरुले चीनको सुरक्षा चासोमा प्रष्ट पार्ने काम गरेको भन्दै उनले भने, ‘सत्तामा पुगेकाहरुबाट केहीकेही बेला समस्याजन्य काम भएको भए पनि यसमा नेपाली जनता र पार्टीहरुले खबरदारी गर्दै आएका छन् । हामी असंलग्न परराष्ट्र नीतिमा अविचलित रहन्छौं भनेका छौं ।’

कम्युनिस्ट पार्टीहरुको एकता वा मोर्चाबन्दीबारे केही कुराकानी भयो भन्ने प्रश्नमा अध्यक्ष नेपालले भने, ‘एकतावद्ध भएर नेपालका पार्टीहरु अगाडि बढुन् भन्ने सुभेक्षा व्यक्त गर्नुभयो । फलाना फलाना पार्टी मिल्नुपर्छ, पर्दैन भन्नेमा प्रवेश गर्नु भएन ।’

तस्वीरहरु : आर्यन धिमाल 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?