+
+

रिलायन्स लाइफ र सानिमा लाइफ बराबरी हैसियतमा मर्जरमा जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १०:३०

२९ असार, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभ्ने-गाभिने (मर्जर)सम्बन्धी प्राराम्भिक सम्झौता भएको छ ।

२९ असार बुधबार बिहान दुई कम्पनीले मर्जरको लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्ष गरेका हुन् ।

काठमाडौंमा एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर प्रारम्भिक सम्झौतापत्र मा हस्ताक्षर गरेका हुन् ।

दायित्व तथा सम्पत्ति मूल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमति गरिएको जनाएको छ ।

सम्झौता समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।

रिलायन्स लाइफको आजै बिहान ८ बजे बसेको बसेको सञ्चालक समितिको बैठकले सानिमा लाइफ इन्स्योरेन्ससम्ग एक आपसमा गाभ्ने-गाभिने (मर्जर) सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको थियो ।

यस्तै उक्त सम्झौतामा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि सञ्चालक समितिका सदस्य भरतकुमार तोदीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेकेा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?