+
+

३ करोडमा किनेको स्मार्ट लाइसेन्स छाप्ने मेसिन एक वर्षमै बिग्रियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १९:४०
फाइल तस्वीर

३० असार, काठमाडौं । यातायात व्यवस्था विभागले करिब ३ करोडमा किनेको स्मार्ट सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्ने मेसिन एक वर्ष नहुँदै बिग्रिएको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदनले वारेन्टी दिएर किनएको मेसिनको मर्मत पनि नगरिएको औल्याएको छ ।

चार थान स्मार्ट कार्ड प्रिन्टर खरिद गर्नका लागि विभाग र एक कम्पनीबीच १५ अक्टोबर २०१७ मा अमेरिकी डलर २ लाख ४४ हजारको सम्झौता भएको थियो । महालेखाका अनुसार प्रिन्टरको २४ फेब्रुअरी २०१९ मा जारी गरेको स्वीकार्य प्रमाणपत्रमा वारेन्टी अवधि ३ वर्ष उल्लेख छ ।

प्राविधिक स्पेसिफिकेसनमा समेत वारेन्टी अवधि ३ वर्ष उल्लेख गरी खरिद सम्झौता भएको देखिएकोले स्वीकार्य प्रमाणपत्रमा जारी मितिले वारेन्टी अवधि २४ फेब्रुअरी २०२२ सम्म अवस्था थियो ।

तर ४ थान स्मार्ट कार्ड प्रिन्टर २०२० देखि नै बिग्रिएको महालेखाले जनाएको छ । आपूर्तिकर्ता कम्पनीले वारेन्टी अवधिमा मर्मत गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

खरिद सम्झौताको विशेष शर्त १५.१ मा स्मार्ट कार्ड प्रिन्टरको १० प्रतिशत भुक्तानी वारेन्टी सकिएपछि मात्र गर्ने उल्लेख छ । तर, वारेन्टी अनुसार मर्मत सुविधा नदिएकोले भुक्तानी बाँकी रहेको १० प्रतिशतले हुने अमेरिकी डलर २४ हजार ४०० को हुने रू.२९ लाख ३२ हजार भुक्तानी गर्न नमिल्ने महालेखाको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?