+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पूर्वबैंकर दाहालको ‘रिटायरमेन्ट एट फिप्टी’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १६:०५

१ साउन, काठमाडौं । पूर्वबैंकर भुवन दाहालको ‘रिटायरमेन्ट एट फिप्टी’ पुस्तक सार्वजनिक भएको छ । बैंकर्स संघका पूर्वअध्यक्ष तथा सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत दाहालको यो अनुभव सँगालो हो ।

दाहालले पुस्तकमा नबिल बैंक र सानिमा बैंकमा तीन दशक भन्दा बढी समय काम गर्दाका अनुभव, नेपाल बैंकर्स संघको अध्यक्ष हुँदा संघीय संसदको अर्थ समिति, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सिबिफिन लगायतमा काम गर्दाका अनुभव समेटेका छन् ।

पुस्तकमा २७ वटा वाणिज्य बैंकको पछिल्लो आठ वर्षको तुलनात्मक वित्तीय कार्य सम्पादन, सानिमा बैंकका सफलताका कथा लगायत विषयवस्तु उल्लेख गरिएको छ ।

पुस्तकमा उनले स्कुल पढ्दा विज्ञान शिक्षकबाट खाएको पिटाइ, नबिल बैंकमा आफ्नो बढुवा छिटोछिटो हुनुको कारण तथा युवा पुस्ताले सफल हुन गर्नुपर्ने कार्य पनि खुलाएका छन् ।

दाहालले पुस्तकबाट प्राप्त हुने सम्पूर्ण पारिश्रमिक सामाजिक संस्थालाई प्रदान गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?