+
+
Shares

ब्लेयरले भने : पश्चिमा देशका लागि चीन सबैभन्दा ठूलो खतरा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १७:५७

१ साउन, काठमाडौं । बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले पश्चिमा देशका लागि चीन सबैभन्दा ठूलो खतरा भएको बताएका छन् ।

उनले विश्वको दोश्रो महाशक्तिको रुपमा देखिन थालेको चीनको सामना गर्न सबै पश्चिमी देशलाई एक भएर लाग्न आह्वान गरेका छन् ।

डिचले फाउन्डेसनको समारोहमा गरेको सम्बोधन उनले पश्चिमा देशका राजनीतिक र आर्थिक प्रभुत्वको युग समाप्त हुन लागेको बताए । उनले भने, ‘पश्चिमा देशले चीनको सामाना गर्नका लागि मिलेर शक्तिशाली तथा व्यावसायिक नीति बनाउनु आवश्यक छ ।’

उनले आफ्नौ शैन्य शक्तिलाई कायम राख्न पश्चिमा देशले बजेट बढाउनु पर्ने पनि बताए ।

उनले भने, ‘प्राबिधिक क्षेत्रमा चीनले अमेरिकाको जत्तिकै पकड बनाएको छ, यो शताब्दीमा भूराजनीतिक परिवर्तनको कारण रुस होइन, चीन हुनेछ, चीनका राष्ट्रपति सि जिनपिङले धेरै चोटी ताइवानमा कब्जा गर्ने इच्छा व्यक्त गरिसकेका छन् ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?