+
+

वैवाहिक जीवनमा बाँधिए जेनिफर लोपेज र बेन एफलेक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते ११:३०

काठमाडौं । हलिउड स्टारहरु बेन एफलेक र जेनिफर लोपेज अन्ततः वैवाहिक जीवनमा बाँधिएका छन् । नेभाडास्थित क्लार्क काउन्टीको विवाह अनुमति पत्रअनुसार शनिबार उनीहरुले विवाह गरेको उल्लेख छ ।

जेनिफरले आफ्नो नामको पछाडि एफलेक राखेकी छन् । लोपेजले आइतबार दिउँसो आफ्नो न्युजलेटरमार्फत आफूहरुको विवाह भएको पुष्टि गरेकी छन् । ‘हामीले अन्ततः बिहे गर्‍यौं,’ उनले लेखकी छन् ।

एक श्यामश्वेत तस्वीरमा गालामा चुम्बन गर्दै पुष्पगुच्छा समातेको देख्न सकिन्छ । ‘हिजो राति हामी भेगास उड्यौं । अन्य चार जोडीसँगै लाइसेन्सको लागि लाइनमा उभियौं जो संसारकै वैवाहिक राजधानी मानिने थलोमा उही सपना लिएर उभिएका छन्,’ जेनिफरले उल्लेख गरेकी छन् ।

जेनिफर र एफलेकको खबर पहिलोपटक गत अप्रिलमा सार्वजनिक भएको थियो । उनीहरुले इन्गेजमेन्ट औंठी साटासाट गर्दै खुसी बाँडेका थिए ।

५२ वर्षीया जेनिफर र ४९ वर्षीय एफलेक सन् २००० को दशकका विश्व चर्चित कलाकार हुन् । उनीहरुले दुईवटा फिल्ममा सँगै काम गरेका छन् । सन् २००३ मा रिलिज भएको फिल्म ‘गिग्ली’मा उनीहरुले पहिलोपटक सँगै काम गरेका थिए, तर त्यो फिल्मले सफलता पाउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?