+
+

लुम्बिनी विकास बैंकमा सीईओ नियुक्तिमा विवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १२:५५

२ साउन, काठमाडौं । लुम्बिनी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको विषयमा विवाद सिर्जना भएको छ । व्यापारिक घराना ज्योति ग्रुप र गुण एयरलाइन्सका सञ्चालक समेत रहेका अर्का व्यवसायी राजेन्द्र शाक्यबीच कसलाई सीईओ बनाउने भन्ने विषयमा सहमित बन्न नसक्दा विवाद सिर्जना भएको हो ।

साना विकास बैंक र वित्त कम्पनी मर्जर भएर बनेको बैंकमा दुई समूहबीचको जुँगाको लडाइँले गर्दा बैंक नै समस्यामा पर्ने अवस्था आएको हो । २८ असार २०७९ मा बसेको कम्पनी सञ्चालक समितिको बैंठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

कुमारी बैंकमा गाभिएको तत्कालीन देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका शाहलाई सीईओ नियुक्त गर्ने निर्णयसँगै बैंकमा विवाद बढेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहोराको ४ वर्षे कार्यकाल सकिएपछि २ साउन २०७९ देखि लागू हुनेगरी उनलाई सीईओ नियुक्त गरेको थियो ।

तर, उनलाई सीईओ नियुक्त गर्ने निर्णयमा असहमति जनाउँदै बैंकको प्रमुख सेयरधनी जोति ग्रुप (स्याकार कम्पनी प्रालि) ले बैंकमा पठाएको सञ्चालक नै फिर्ता बोलाएको छ । बैंकको सञ्चालक समिति अध्यक्ष समेत रहेका स्याकार कम्पनीको तर्फबाट बैंक सञ्चालक दशरथ रिसाललाई फिर्ता बोलाएर लोमस मानान्धरलाई सञ्चालक पठायो । सीईओ नियुक्त गर्ने विषयमा विवाद हुँदा नै कम्पनीले सञ्चालक परिवर्तन गरेको स्रोत बताउँछ । स्याकार कम्पनीले सञ्चालक मात्रै फिर्ता बोलाएन सीईओ नियुक्त गर्ने सञ्चालक समितिको निर्णय नै उल्ट्याएको छ ।

२९ असारमा सञ्चालक परिवर्तन भएपछि ३० असारमा बसेको सञ्चालक समितिको बैंठकले २८ असारको निर्णय परिवर्तन गर्दै नरेश सिंह बोहोरालाई नै दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसले गर्दा कम्पनी सञ्चालक समितिमा विभाजन आएको छ । २ असार सोमबारदेखि नयाँ कार्यकाल सुरु हुने प्रमुख कार्यकारीमा बोहोरा र श्रेष्ठ दुवैले दाबी गरेपछि बैंकमा समस्या भएको हो । राष्ट्र बैकले सीईओ नियुक्तको विषयमा जानकारी गराउने निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?