+
+

श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते ११:५३

३ साउन, काठमाडौं । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो ।

नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ ।

आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए । नयाँ राष्ट्रपतिको रुपमा सबैभन्दा बढी चर्चा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघेको छ । राजापाक्षे परिवारसँग निकट रहेका उनलाई सत्ताधारी श्रीलंका पिपुल्स फ्रन्टको समर्थन छ ।

यस्तै श्रीलंकाको मुख्य विपक्षी दलका नेता सजिथ प्रेमदासाले भने राष्ट्रपति पदको दाबीबाट आफ्नो नाम फिर्ता लिने बताएका छन् । केही दिन अगाडि भने उनले राष्ट्रपतिमा दाबी गर्ने समाचार सार्वजनिक भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?