३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका विषयमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णय सही भएको बताएका छन् ।
मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरु पनि यही गठबन्धनलाई अघि बढाउनुपर्छ भन्नेमा प्रष्ट रहेको बताए ।
सोमबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले ‘जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने’ निर्णय गरेको थियो ।
‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ’ उनले भने, ‘यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहिँ छैन ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4