+
+

१९७४ एडीले भन्यो- हामीविरुद्ध परेको मुद्दा झुटो हो 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १५:४९

काठमाडौं । सांगीतिक ब्याण्ड १९७४ एडीले आफूविरुद्ध काठमाडौं जिल्ला अदालतमा झुटो मुद्दा परेको दाबी गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै ब्याण्डले सञ्चारमाध्यमका आएका समाचारबाट उजुरी परेको थाहा पाएको र त्यो झुटो भएको जनाएको छ ।

लण्डनमा कार्यक्रम गर्न पैसा लिएर पनि नगएको भन्दै बेलायतको एचएबीअ मुभमेन्ट लिमिटेडका तर्फबाट ललितपुरका नवीन गुरुङले १९७४ एडी र त्यसका प्रवन्धक सञ्जय श्रेष्ठसँग ३ लाख रुपैयाँ मागदाबी गर्दै केही दिनअघि अदालतमा मुद्दा हालेका छन् ।

तर ब्याण्डले भने आफूहरुमाथि लगाइएको यो आरोपको खण्डन गरेको छ । १९७४ एडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी १९७४ एडीविरुद्ध पर्न गएको मुद्दाको बारेमा हामीले भर्खर सञ्चारमाध्यमबाट थाहा पायौं । त्यो समाचारमा लेखिएको कुनै पनि काम हामीबाट नभएको र हामीले कुनै पनि करार पालना नगरेको छैनौं र हामीविरुद्ध पर्न गएको यो झुटो उजुरीविरुद्ध लड्न कानुनी सल्लाहकार राखिसकेको र सम्मनित अदालतबाट आएको आदेशलाई मान्ने छौं भनी तपाईंहरु सबै शुभचिन्तकलाई खबर गर्न चाहन्छौं । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?