+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘एक्टर’विरुद्ध ‘एक्टर : टेक वन’का निर्माता अदालतमा, अनुचित लाभ लिन खोजेको आरोप

फिराद पत्रमा फिल्म रिलिज गर्न दिने भन्दै अनुचित प्रभावमा पारेर ‘एक्टर’का निर्माताले आफूहरूबाट एक महिनामा सटही हुने सर्तमा १५ लाख रुपैयाँको चेक लिएको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १४:११

काठमाडौं । ‘एक्टर : टेक वन’का निर्माताले आफूहरूबाट अनुचित लाभ लिन खोजेको भन्दै ‘एक्टर’ फिल्मका निर्माताविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । ‘एक्टर : टेक वन’ र ‘एक्टर’ नामक दुई अलग फिल्म हुन् ।

फिराद पत्रमा फिल्म रिलिज गर्न दिने भन्दै अनुचित प्रभावमा पारेर ‘एक्टर’का निर्माताले आफूहरूबाट एक महिनामा सटही हुने सर्तमा १५ लाख रुपैयाँको चेक लिएको उल्लेख छ । ‘एक्टर : टेक वन’का निर्माताले सम्झौता लिखत बदर गरि अनुचित समृद्धिको चेक बदर गरि पाऊँ भन्दै विहिबार अदालतमा मुद्दा हालेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।

फिराद पत्रमा आफूहरुले दिएको चेक रद्द गरिपाँउ भनी मागदावी भएको छ । फिरादपत्रमा भनिएको छ, ‘अदालतबाट चलचित्र प्रदर्शनमा रोक लगाएको आदेश विपरित हामी फिरादकर्ताहरूसँग एक्टर टेक वन चलचित्र प्रदर्शन गर्न दिने भनी र प्रतिलिपि अधिकार हनन भयो भनी झुक्याइ, जालसाझी र अनुचित दबाबमा पारी क्षतिपूर्ति बापत भन्दै अनुचित रुपमा १५ लाखको चेक लिएकाले अधृत फिल्म्स प्रालिको चेकबाट खिचिएको १५ लाखको चेक समेत फट्टा(रद्द) गरि पाऊँ ।’

मुद्दामा ‘एक्टर’ फिल्मको निर्माता कम्पनी नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिलाई विपक्षी बनाइएको छ । अदालतले चैत ६ गते उपस्थित हुनसमेत भनेको छ ।

माघ १५ गते काठमाडौं जिल्ला अदालतले ‘एक्टर’ फिल्मका निर्माताले हालेको मुद्दामा सुनुवाइ गर्दै अर्को फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश दिएको थियो । त्यसपछि दुबै पक्षबीच ‘आन्तरिक सहमति’ जुटेपछि ‘एक्टर’का फिल्मका निर्माताले अदालतमा दायर मुद्दा फिर्ता लिएका थिए । मुद्दा फिर्ता लिने सहमतिसँगै फिल्म प्रदर्शनमा आएको थियो ।

तर, ‘आन्तरिक सहमति’मा के थियो भनेर दुबै पक्षले खुलाएका थिएनन् । अदालतमा मुद्दा दायर भएसँगै सहमतिको खुलासा भएको हो । अदालतका सूचना अधिकारी श्रेष्ठले दुबै पक्षलाई बोलाएर छलफल गरिने र सोहीअनुसार प्रक्रिया अघि बढाइने अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?