+
+

एसियन गेम्स २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १७:०४

३ साउन, काठमाडौं । एसियन गेम्सको नयाँ मिति तय भएको छ । २०२२ मा स्थगित भएको एसियन गेम्स अब २०२३ मा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने छ ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले मंगलबार एसियन गेम्सका लागि नयाँ मिति तय गरेको हो । एसियाडसमेत भनिने १९ औं एसियन गेम्स चीनको होङझोउमा हुने छ ।

एसियन गेम्स यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुने तय थियो । तर कोभिड-१९ को कारण स्थगित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?