+
+

लेवान्डोस्कीसँग ४ वर्षको सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते ९:०७

४ साउन,  काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले रोवर्ट लेवान्डोस्कीसँग चार वर्षको लागि सम्झौता गर्ने भएको छ ।

बार्सिलोनाले लेवान्डोस्की अनुबन्ध गर्न जर्मन क्लब बायर्न म्युनिखसँग सहमतिमा पुगेको जनाएको छ ।

बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा अनुबन्ध गरेको हो । यसमा ५ मिलियनको अन्य सुविधा थपिन सक्छ ।

बार्सिलोनाले लेवान्डोस्कीको बाई आउट क्लज ५०० मिलियन युरो राखेको छ ।यसअघि अनुबन्ध गर्नेबारे सहमतिमा पुगेपनि बार्सिलोनाले अब आधिकारिक रुपमै अनुबन्ध बारे घोषणा गरेको हो ।

आधिकारिक रुपमा सम्झौतामा हस्ताक्षर गर्नुअघि नै लेवान्डोस्की बार्सिलोनाको प्रि सिजन टुरमा अमेरिकामा छन् । उनको स्वास्थ्य परीक्षणसमेत उतै गरिएको छ ।

जर्मन क्ल बायर्नमा लेवनन्डोस्कीको सम्झौता अझै एक वर्ष बाँकी रहे पनि गत मे मा उनले क्लब छाड्न चाहेको बताएका थिए । त्यसपछि अन्य क्लबले पनि उनीप्रति चासो देखायो तर बार्सिलोनाले बाजी मार्‍यो ।

‘अन्तत म यहाँ छु । बार्सामा हुँदा म खुशी छु। म ला लिगामा खेल्न चाहन्छु,’ लेवाले भने, ‘म बार्सिलोनालाई शीर्ष स्थनामा पुर्‍याउन र ट्रफी जित्न यहाँ आएको छु ।’

उनले गत सिजन बायर्नका लागि ४६ खेलमा ५० गोल गरेका थिए ।बायर्नमा ८ वर्ष बिताउँदा उनले ३७४ खेलमा ३४४ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?