+
+

युभेन्टस छाडेर बायर्न म्युनिख पुगे डे लिग्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १३:१६

४ साउन, काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले डच डिफेण्डर माथिस डे लिग्टलाई अनुबन्ध गरेको छ । इटालियन क्लब युभेन्ट्सबाट फुटबल खेलिरहेका डे लिग्टलाई बायर्नले ७७ मिलियन युरो खर्च गरेर क्लबमा भित्र्याएको हो ।

जर्मन क्लबमा डे लिग्टले पाँच वर्षका लागि सम्झौता गरेका छन् । सन् २०१९ मा डच क्लब अयाक्सबाट युभेन्ट्समा पुगेका २२ वर्षीय डे लिग्टले युभेन्टसलाई एक सिरी ए र एक कोपा इटालियाको उपाधि जिताएका थिए ।

‘यति ठूलो क्लबकोको खेलाडी हुँदा पाउँदा म धेरै खुशी छु’, बायर्नमा अनुबन्ध भएपछि डे लिग्टले भने, ‘बायर्न जर्मनीको सबैभन्दा सफल क्लबमध्ये एक हो । यस्तै युरोप र विश्वकको पनि सफलमध्ये एक क्लब हो ।’

उनले क्लब व्यवस्थापन राम्रो रहेको र ठूलो लक्ष्यका साथ क्लब अगाडि बढिरहेको बताए ।

बायर्नले यस सिजन अनुबन्ध गरेको डे लिग्ट दोस्रो डच खेलाडी हुन् । बायर्नले यसअघि राएन ग्राभनबर्चलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै बायर्नले लिभरपुलबाट साडियो माने र अयाक्सबाट नोउसेर माज्रोउनीलाई पनि अनुबन्ध गरिसकेको छ । बायर्नका फरवार्ड रोबर्ट लेवान्डोस्की भने स्पेनिस क्लब बार्सिलोना गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?