+
+

‘माइकल अधिकारी’को ट्रेलर : पैसाको लागि मातृत्व बेच्ने दम्पतीको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १६:३७

काठमाडौं । ‘सरोगेसी’ अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने विधिको कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । गोपीकृष्ण मुभिजले निर्माण गरेको फिल्मको मुख्य भूमिकामा सौगात मल्ल, सृष्टि श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर र एनी कुँवरको अभिनय छ ।

‘क्राइम पेट्रोल’ र ‘सावधान इन्डिया’ फेम्ड रञ्जित रौनियार निर्देशित फिल्ममा कमेडी र इमोसन दुवै भाव समेटिएको छ । पैसाको लागि पत्नीलाई बच्चा जन्माउन अनुमति दिने मुख्य पात्रले जब बच्चा गुमाउनुपर्ने परिस्थिति आउँछ, अनि आउने अभिभावकीय महसुस यसको कथावस्तु हो ।

निर्माता निरक पौडेलले सन् २०१५ को कथावस्तुमा फिल्म सुटिङ गरिएको र सरोगेसी आमाको सोच विचारलाई यसमा समेटिएको बताए । सरोगेसी विधि अपनाएका भारतीय सहरमा गरिएको रिसर्च अनुसार कथावस्तु तयार पारिएको पौडेलले बताए ।

पौडेलले सृष्टि र सौगातको काम गर्ने शैली र व्यवहारको प्रशंसा गरे । ‘जिन्दगीभर सौगात र सृष्टिसँग काम गर्ने मौका पाऊँ,’ पौडेलले भने, ‘उहाँहरुको सरलता र काम गर्ने शैलीबाट म निकै प्रभावित छु ।’

अभिनेत्री सृष्टि श्रेष्ठले आफू यो फिल्ममा अहिलेसम्मकै भिन्न चरित्रमा देखिएको बताइन् । ‘म प्रायः शान्त पात्रमा देखिन्छु, तर यसमा म भिन्न चरित्रमा छु,’ सृष्टिले भनिन्, ‘दर्शकले मलाई भिन्न आयाममा खोजी गर्न पाउनुहुनेछ ।’

भदौ ३ मा रिलिज हुने फिल्म माइकल अधिकारीको एक सातामै सौगातले निर्माण गरेको फिल्म ‘राधा’ रिलिज हुँदैछ । ‘सकेसम्म एउटै समयमा फिल्म जुधाउने हाम्रो चाहना थिएन । तर राधालाई हामी तीजमा ल्याउन चाहन्थ्यौं र माइकल अधिकारी कोरोनाको कारण तीन वर्षदेखि रोकिएको थियो,’ सौगातले भने ।

‘रोज’पछि निरक पौडेलको यो अर्को प्रोजेक्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?