+
+

‘द डार्क नाइट’ ५० वर्षयताकै सर्वोत्कृष्ट सुपरहिरो फिल्म घोषित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १७:०४

काठमाडौं । सन् २००८ मा रिलिज भएको क्रिस्टोफर नोलन निर्देशित हलिउड फिल्म ‘द डार्क नाइट’ ५० वर्षयताकै नम्बर वान सुपरहिरो फिल्म घोषित भएको छ ।

यो फिल्मको मुख्य भूमिकामा हेथ लेजरले जोकर चरित्रको सुपरहिरो भूमिकामा अभिनय गरेका छन् । फिल्ममा उनको ३३ मिनेट भूमिका छ, तर त्यसलाई निकै रुचाइयो ।

फिल्म रिलिजको ६ महिनाअघि यी अस्ट्रेलियाली अभिनेताको देहान्त भएको थियो । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले बुधबार सार्वजनिक गरेको सूचीको दोस्रो स्थानमा सन् १९९२ मा रिलिज भएको ‘मिचेल पाइफर : ब्याटम्यान रिटर्न्स’ छ । तेस्रो स्थानमा सन् २०१८ मा रिलिज भएको ‘ब्ल्याक प्यान्थर’ छ र यसमा माइकल बी जोर्डनको भूमिकालाई यो स्थानमा राखिएको छ ।

चौथो स्थानमा सन् १९७८ को ‘सुपरम्यान’ (क्रिस्टोफर रिभ), पाँचौंमा जोकर (ज्याक्विन फिनिक्स), छैटौंमा स्पाइडरम्यान २ (अल्फ्रेड मोलिना), सातौंमा लोगन (हग ज्याकम्यान), आठौंमा डेडपुल (रायन रिनोल्ड्स), नवौंमा चाडविक बोसम्यान (ब्ल्याक प्यान्थर) र दशौंमा एभेन्जर्स : एन्डगेम (क्रिस इभान्स) छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?