+
+

टेस्लाले बिटक्वाइनको अधिकांश हिस्सा बेच्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १०:५७

५ साउन, काठमाडौं । इलेक्ट्रिक कार निर्माता टेस्लाले आफ्नो क्रिप्टोकरेन्सीको अधिकांश हिस्सा बेचेको छ । गत वर्ष नै कम्पनीले बिटक्वाइनमा ठूलो लगानी भएको जानकारी दिएको थियो ।

कम्पनीले आफ्नो बिटक्वाइनको ७५ प्रतिशत बिक्री गरेको बताएको छ, जसको मूल्य २०२१ को अन्त्यमा करिब २ अर्ब डलरको थियो।

यस वर्ष क्रिप्टोकरेन्सीको मूल्यमा ५० प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

टेस्लाले आफ्नो बिटक्वाइन बिक्रीबाट प्राप्त हुने ९३६ मिलियन डलरले परम्परागत मुद्रा किनेको बताएको छ ।

टेस्लाका मालिक एलन मस्कले क्रिप्टोकरेन्सीको सम्बन्धमा सामाजिक सञ्जालमा बेलाबेला विवादित भनाइ सार्वजनिक गर्ने गरेका छन् । यसले क्रिप्टोकरेन्सी बजारमा उतारचढाव ल्याउने गरेको छ ।

फेब्रुअरी २०२१ मा टेस्लाले बिटक्वाइनमा १.५ बिलियन डलर लगानी गर्ने बताएको थियो ।

गत वर्ष नोभेम्बरमा बिटक्वाइनको मूल्य करिब ७५ हजार डलर थियो । यो स्तरको गिरावटसँगै बिटक्वाइन आज करिब २५ हजार डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?