+
+

पालिकाको केन्द्रबाट मतदाता नामावली संकलन गर्न एमाले नेता ढकालको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १४:३०
एमाले नेता भानुभक्त ढकाल । फाइल तस्वीर

५ साउन, काठमाडौं । नेकपा एमालेका सांसद भानुभक्त ढकालले मतदाता नामावली संकलन प्रत्येक पालिकाको केन्द्रबाट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय परिचय पत्र बनाउँदा नै मतदाता नामावलीमा नाम रहने व्यवस्था मिलाउन पनि उनले ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै ढकालले मतदाता नामावलीबारे ध्यानाकर्षण गराएका हुन् ।

हाल निर्वाचन आयोगले जिल्लाहरुबाट मतदाता नामावली संकलन कार्य जारी राखेको छ । हाल काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, मोरङ, झापा र काभ्रे गरी ८ जिल्लाबाट अनलाइनमार्फत मतदाता नामावलीका लागि फारम भर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य गत असार १ गतेदेखि सुरु जारी राखेको छ । यो काम निर्वाचनको मिति घोषणा नहुन्जेलसम्म जारी रहन्छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?