+
+

एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १४:५०

५ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपीमा सहभागी नहुने भनेर तत्काल पत्रचार गर्न नसकिने परराष्ट्र मन्त्रालयका प्रवक्ताको अभिव्यक्तिमा प्रश्न उठाए ।

उनले भने, ‘यो मन्त्रिपरिषद्को निर्णय विपरीत भयो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने दायित्व मन्त्रालयहरुको हो, तर परराष्ट्रले कार्यान्वयन गरिरहेको छैन ।’

उनले एसपीपीमा सहभागी नहुने भनेर पत्रचार गर्न संसदले रुलिङ गर्न माग गरे । नेपालले एसपीपी स्वीकार नगर्ने भनेपछि त्यही विषय राखेर अर्को नाममा सम्झौता गर्न खोजेको उनको आशंका छ ।

माओवादी प्रमुख सचेतक गुरुङले भने भने, ‘जसरी भएपनि नेपाललाई आईपीएसको पार्ट बनाउने र सैन्य सम्झौतामा लैजाने तयारी चलिरहेको देखिन्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?