+
+

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १५:३५
फाइल तस्वीर

५ साउन, सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ ।

कालीकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा बिहीबार दिउँसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले सडक अबरुद्ध हुँदा सवारी साधन जममा परेका छन् । कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सार्वसाधारण अलपत्र परेका छन् ।

अस्थायी पोष्ट पिलीबाट खटिएको प्रहरी टोलीले स्थानीय तहसँग समन्वय गरी एक्साभेटर लगाएर सडक खुलाउने काम गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?