+
+
Shares

सर्वोच्चको भवन बनाउने ठेकेदार कम्पनीले फिर्ता गर्‍यो ५ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १९:३१

५ साउन, काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवन बनाउने ठेकेदारले ५ करोड ५ लाख रुपैयाँ फिर्ता गरेका छन् ।

फर्जी कागजातका आधारमा अनियमितता गरेको विवरण बाहिरिएपछि भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले रकम फिर्ता गरेको सर्वोच्च अदालत स्रोतले बतायो ।

‘उनीहरुले ज्यामीले जग खन्ने भनेर दररेट तयार गरी उपकरणबाट जग खनेका थिए, त्यसबारेमा प्रश्न उठेपछि रकम फिर्ता गरेका छन्’, सर्वोच्च अदालत स्रोतले भन्यो, ‘भक्तपुर जिल्ला अदालतका ठेकेदारबाट पनि त्यसैगरी रकम फिर्ता भएको छ ।’

सर्वोच्चको भवन निर्माणको ठेक्का कालिका– समानान्तर जेभीले पाएको छ । त्यस्तै भक्तपुरको भवनको ठेक्का केसी–शर्मा–समानान्तर जेभीले ठेक्का पाएको छ ।

सर्वोच्च अदालतको ठेकेदारले चार करोड तीन लाख ५२ हजार १९८ रुपैयाँ फिर्ता गरेका हुन् । भक्तपुरमा एक करोड दुई लाख रुपैयाँ फिर्ता भएको छ ।

उनीहरुले ज्यामीले काम गर्ने भनी लगत स्टिमेट तयार गरेर ठेक्का सम्झौतामार्फत भुक्तानी लिएका थिए । पछि भने उपकरणहरुले जग खनेका थिए । त्यसो गर्दा कर दररेटमा काम हुन्छ र राज्यकोषमा नोक्सानी पर्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?