+
+

ललितपुर महानगरलाई राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते २२:१९

५ साउन, काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई इलेक्टि्रक प्रालिले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्टि्रक स्कूटरहरु हस्तान्तरण गरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपलिकाले हस्तान्तरण गरेका हो ।

आइएमई इलेक्टि्रक प्रालि राफ्ट इलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्प्ाादन भएको हो ।

एक पटक फुल चार्जमा १०० कि मि रेन्जसम्म गूड्न सक्ने कम्पनीले जनाएको छ । अधिकतम किमि, बलियो बनावटसाथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकले सो स्कूटरहरु खरिद गरिएको नगरपालिकाले बताएको छ ।

भारतमा उत्प्ाादित राˆट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा, जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरु हुन् । कि लेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० किमि रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुविधा हुने बताए ।

नगर प्रमुख सिताराम हाछेथुले भने क्विक रेस्पोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?