+
+
Shares

ललितपुर महानगरमा ‘एलएमसी ई–चलान’ सुरु, क्यूआर स्क्यान गरेरै जरिबाना तिर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिकाले ट्राफिक र पार्किङ जरिबाना तिर्न सहज बनाउने उद्देश्यले ‘एलएमसी ई–चलान’ डिजिटल प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
  • महानगर प्रमुख चिरिबाबु महर्जनले सोमबार एक कार्यक्रमका बीच सो नयाँ डिजिटल जरिबाना व्यवस्थापन प्रणालीको औपचारिक उद्घाटन गर्नुभयो ।
  • यस प्रणालीमार्फत सेवाग्राहीले पार्किङ उल्लंघनको जरिबाना घटनास्थलमै क्यूआर कोड स्क्यान गरी डिजिटल माध्यमबाट तत्काल भुक्तानी गर्न सक्नेछन् ।

१ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो सेवा प्रवाहलाई थप प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ ‘एलएमसी ई–चलान’ (डिजिटल जरिबाना व्यवस्थापन प्रणाली) कार्यान्वयनमा ल्याएको छ ।

सोमबार आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख चिरिबाबु महर्जनले उक्त प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् । यो प्रणाली लागु भएसँगै अब ट्राफिक नियम उल्लंघन गर्ने वा जथाभावी पार्किङ गर्नेहरूले जरिबाना तिर्न महानगरको कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको छ ।

यसअघि जरिवाना भुक्तानीका लागि पुल्चोकस्थित नगर प्रहरीको कार्यालय पुग्नुपर्ने बाध्यताका कारण सेवाग्राहीको निकै समय खर्च हुने गरेको थियो । अब भने उल्लंघनकर्ताले घटनास्थलमै क्यूआर कोड स्क्यान गरी डिजिटल माध्यमबाट तत्काल जरिवाना भुक्तानी गर्न सक्नेछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत स्मार्ट स्ट्रिट लाइट र इन्टेलिजेन्ट ट्राफिक लाइटपछि यो अर्को महत्तवपूर्ण कदम भएको बताए ।

थ्री लिफ टेक्नोलोजीको प्राविधिक सहयोगमा विकास गरिएको यस प्रणालीलाई कानुनी, प्रशासनिक र राजस्व संकलनका दृष्टिकोणले परीक्षण गरेपछि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको हो । महानगरकाअनुसार यो प्रणाली सोमवारदेखि नै लागु भइसकेको छ ।

उनले भने, ‘पार्किङ जरिवाना तिर्न टाढासम्म जानुपर्ने र पुनः ह्विल लक खोल्न फर्कनुपर्ने बाध्यताले सेवाग्राहीलाई मर्का परिरहेको हामीले महशुस ग¥यौँ । नयाँ प्रणालीले समयको वचत गर्नुका साथै सेवाग्राहीलाई सहजता प्रदान गर्नेछ ।’

नगर प्रहरी प्रमुख सीताराम हाछेथुको सक्रियतामा शुरु गरिएको यो प्रविधिले जरिवाना तिर्ने प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने विश्वास लिइएको छ । महानगरले आगामी दिनमा अन्य सेवाहरूलाई पनि क्रमशः डिजिटल बनाउँदै लैजाने योजना रहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?