+
+

भारत लैजाँदै गरेको ८ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १२:२६

६ साउन, विराटनगर । भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको सुपारी २ हजार ६७८ बोरा छ । ८ वटा ट्रकमा २ लाख १९ हजार ५९६ किलोग्राम सुपारी रहेको प्रहरीले बताएको छ ।

युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरको भारतीय ट्रकसहित नियन्त्रणमा लिइएको सुपारीको नेपाली मूल्य साढे ८ करोड रूपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ ।

तेस्रो मुलुकबाट आयात गरिएको सुपारी नेपालकै उत्पादन देखाएर केही वर्षयता भारततर्फ निर्यात हुँदै आएको छ । ठूलो परिणामाको सुपारी भारत जाँदै गरेको सूचना पाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । ‘सुपारी त लिगल बाटोबाटै जान खोजेको देखिन्छ,’ उनले भने, ‘तर एकै पटक ठूलो परिमाण भएका कारण अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।’

इन्डोनेसिया, थाइल्यान्ड, मलेसियालगायत मुलुकबाट नेपालमा सुपारी आयात हुन्छ । ‘सुपारीको आकार हेर्दा नेपालको उत्पादन जस्तो देखिँदैन,’ प्रहरी स्रोतले भन्यो, ‘कागजात मिलेका कारण छोड्न दबाब छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?