+
+

सरकारी कार्यालयका कर्मचारी मुस्कुराउनै पर्ने, नत्र जरिवाना हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १२:४४

काठमाडौं । हामीकहाँ सरकारी कार्यालयहरुमा मुस्कान सहितको सेवा भन्ने नीति नै छ । सरकारको यस्तो नीति भएपनि कर्मचारीहरुबाट त्यो बमोजिमको सेवा जनताले पाउन नसकिरहेको गुनासो आउने गर्दछ ।

नेपालमा सरकारी कर्मचारीले कार्यालयमा सेवाग्राहीसँग राम्रो व्यवहार गर्नुपर्ने तथा मिजास र मुस्कान सहित सेवा प्रवाह गर्नुपर्ने भनिए तापनि बाध्यता छैन । तर फिलिपिन्समा भने सरकारी कर्मचारीहरु कार्यालयमा मुस्कुराउनै पर्ने भएको छ । कार्यस्थलमा मुस्कान नछर्ने सरकारी कर्मचारीमाथि जरिवाना हुने भएको छ ।

हो, फिलिपिन्सको एक सहरका मेयरले मुस्कान नीति लागू गरेका छन् । जस अनुसार सहरका हरेक सरकारी कार्यालयमा कर्मचारीहरुले मुस्कान सहितको सेवा प्रदान गर्नुपर्नेछ । सरकारी कर्मचारीहरुले जनतासँग राम्रो व्यवहार नगर्ने र गजक्क पर्ने गरेको भन्दै गुनासो आएपछि ती मेयरले यस्तो नियम लागू गरेका हुन् । यो नीतिले सरकारी कर्मचारीप्रति जनताको सोचमा परिवर्तन आउने र कर्मचारीहरुले पनि सेवाग्राहीप्रति उचित व्यवहार गर्ने अपेक्षा गरिएको छ ।

फिलिपिन्सको लुजन द्वीपस्थित क्युजन प्रान्तमा पर्ने मुलाने सहरका मेयर एरिस्टोटल अगुरीले सहरका सरकारी कार्यालयहरुमा ‘स्माइल पोलिसी’ लागू गरेका हुन् ।

यही महिना मेयरको कार्यभार सम्हालेका अगुरीले स्थानीय सरकारका सेवाहरुमा सुधार गर्ने प्रयासमा मुस्कानको नीति अख्तियार गरेका हुन् ।

नयाँ नियम अनुसार कार्यालयमा नमुस्कुराउने कर्मचारीहरुको तलबबाट रकम कट्टी गरिनेछ । नियम पालना नगर्ने कर्मचारीहरुको अधिकतम ६ महिनाको तलब काटिने वा जागिरबाटै निलम्बन गरिनेछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?